तनहुँ खस्राङमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

तनहुँ | चैत १६, २०७९

तनहुँ खस्राङमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

तनहुँ:  तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खोलामाथि पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि स्थानीयवासी खुसी भएका छन् ।  

 

कादूरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरूको तर्फबाट श्रमदान रु एक लाख त्रिपन्न हजार गरी कूल रु ७८ लाख ६४ हजार पाँच सय १९ को लागतमा पुल निर्माण गरिएको हो ।

 

वि.सं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो । ८६ मिटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यस क्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्